काठमाडौं । नापी कार्यालय, लाहान, सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी घुस काण्डमा फसेका छन् । नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरीदिने भन्दै सेवाग्राहीसँग २ लाख लिएपछ अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।
अख्तियारको टोलीले चौधरीलाई २ लाख लिइसकेको अवस्थामा नापी कार्यालय सिराहाबाट पक्राउ गरेको हो । उनीमाथी थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।