कतारबाट ४४ करोड ५३ लाखको वस्तु आयात, महिनौं १० अर्ब रेमिट्यान्स नेपाल भित्रिने

  २०७५ कार्तिक १२ गते १८:५१     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष सन् २०१६/१७ मा नेपालले कतारबाट ४४ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ । त्यस्तै, महासंघमा रहेको तथ्यांक अनुसार नेपालबाट ९३ लाख ८७ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको पाइन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट कतारका अमिर शेख हमाद बीन खलिफ अल थानीको निमन्त्रणामा सोमबारबाट भएको कतारको ४ दिने औपचारिक भ्रमणमा गएकी छिन् । साथै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल सोमबार कतार प्रस्थान गरेको छ । राष्ट्रपतिका साथ गएको महासंघको प्रतिनिधिमण्डलमा बैंक तथा बीमा, रेमिट्यान्स, पर्यटन, व्यावसायिक कृषि, उर्जा लगायत क्षेत्रको प्रतिनिधित्व रहेको छ ।

नेपालबाट पास्ता, कार्पेट, हस्ताकलाका सामग्री र चियाकफी निर्यात भएको पाइन्छ भने नेपालले प्लाष्टीक्सजन्य सामान, विद्युतीय सामग्री, मेशीनरी सामान आदि आयात गरेको देखिन्छ । नेपालमा पर्यटन र सेवा क्षेत्रमा गरी करिब १.४८ मिलियन अमेरिकी डलर बराबरको कतारी लगानी रहेको तथ्यांक छ ।

नेपालमा कतारबाट खासगरी कृषि, उर्जा, पर्यटन, उत्पादनमुलक, पूर्वाधार विकासमा लगानी गर्न सकिने बलियो सम्भावना रहेको देखिन्छ । उक्त औपचारिक भ्रमणका क्रममा महासंघका तर्फबाट नेपालमा कतारी लगानी आकर्षणका लागि विशेष पहल गरिने छ । नेपालमा वैदेशिक लगानीका विषयमा मौजुदा कानूनका विषयमा पनि कतारी लगानीकर्ताहरूलाई जानकारी गराईने छ ।

नेपाल सरकारले कृषि तथा बनजन्य उद्योग, उत्पादनमुलक, सेवा क्षेत्र, पर्यटन, उर्जा, सूचना प्रविधि तथा खानीजन्य क्षेत्रलाई वैदेशिक लगानीका लागि प्रमुख क्षेत्रको रूपमा पहिचान गरेको छ । कतारमा करिव साढे ४ लाख नेपालीहरू कार्यरत छने भने त्यहाँबाट प्रत्येक महिना करिव १० अर्ब नेपाली रुपैयाँ रेमिट्यान्स स्वदेश भित्र्ने गरेको तथाङ्कले जनाएको छ ।

राष्ट्रपतिको यो भ्रमणबाट दुई देशबीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी आकर्षण तथा कतारमा रोजगारीको थप अवसर सृजना गर्न भ्रमणबाट महत्वपूर्ण उपलव्धी हासिल हुने विश्वास महासंघले गरेको छ ।

राष्ट्रपतिका साथ कतार जाने महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कार्यकारिणी समिति सदस्य हेमराज ढकाल, नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष्ँ निर्मल भट्टराई, नेपाल ईन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारि अधिकृत बिजयबहादुर शाह र महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी हुन् । महासंघको प्रतिनिधिमण्डल विहीवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.