वीरेन्द्रको अर्बौको जग्गा कौडीको भाउमा उपयोग गर्ने को ?

  २०७५ कार्तिक ११ गते १७:०३     विकासन्युज

भीम प्रसाद उपाध्याय, पूर्व सचिव

काठमाडौं । पुर्वराजा बिरेन्द्र विरविक्रम शाहको अपुताली नेपाल ट्रष्टको जग्गाहरू कतै पनि राम्ररी सदुपयोग भई आम्दानीका लागि उपयोग हुन सकेको छैन । ताहाचलमा भएका जग्गाहरू जसले पायो उसले उपभोग गरिरहेका छन् । त्यस्तै ठमेलको जग्गाको पनि यस्तै हाल भैरहेको छ ।

पोखराको फेवाताल किनारमा करिब २०० रोपनी जग्गा पनि त्यतिकै छ । लिजमा दिईएको जग्गा गोकर्ण रिसोर्ट र लैनचौरको स्टाण्डर्ड चार्टर बैंकले प्रयोग गरिरहेको छ ।

लिजमा दिएको घर जग्गा बाहेक अरू कमलादीको काठमॉडौं प्लाजा, टेकुको प्लाजा, खासै आम्दानी हुन सकेको छैन । ती जग्गा र सम्पत्तिको लिज अवधि पनि सकिने वेला भएको छ तर नयॉ लिज दिन कुनै कार्यवाही सुरू गरिएको छैन । हेटौडा, दियालो वंगला, धनकुटाका जग्गा पनि उपयोग बिहीन छन् ।

ठमेल र ताहाचलमा रेडक्रस र सोल्टीले फोकटमा उपभोग गरिरहका जग्गालाई म त्यहॉको सचिव हुदा करार गरेर भाडा लिने गराएं ।

पोखराको रत्न मन्दिर , दियालो बंगला र हेटौडा दरवार पर्यटकलाई खुला गरेर वर्षेनि करोडौं आम्दानी गर्न पूरा तयारी सम्पन्न गरेको थिएं । तर त्यसपछि चुपचाप कसैको ध्यान जान सकेको छैन ।

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षाकर्मी बस्ने ट्रष्टको निर्मल निवास स्थित डेढ रोपनी जग्गार घर फोकटमा कब्जा गरिदै आएको छ जसलाई मैले खाली गर्न आईजीलाई कडा पत्र लेखेको थिएं । अख्तियारलाई पनि लेखेको थिएं, तर काम अघि बढाएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.