बारामा दोस्रो खाना महोत्सव सम्पन्न, धरहरामा सेल्फि लिनेको घुईचो(फाेटाेफिचर सहित)

  २०७५ कार्तिक ८ गते १६:५५     प्रदिप गौतम/संचार संयोजक

काठमाडाैं । ‘सडक मै खाऔ“, सडक मै रमाऔ“’ भन्ने मुल नाराका साथ प्रदेश नम्बर २ को बारामा आयोजित दोस्रो बारा खाना तथा दशै महोत्सव २०७५ सफलतापुर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।

होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले पहिलो भन्दा यसबर्षको महोत्सव सब्य र भब्य रुपमा सम्पन्न भएको बताए । ‘यसबर्ष हामीले सबै क्षेत्रको सहयोग पायौ, त्यसकारण पनि होला अघिल्लो महोत्सवभन्दा यसबर्ष व्यवस्थित ढंगले सम्पन्न भयो’ अध्यक्ष शर्माले भने । महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न बिभिन्न उप–समितिमार्फत काम भएको थियो ।

खानाका विभिन्न स्टल

यसबर्ष पहिलोभन्दा दोश्रो महोत्सवमा झन्डै दोब्बर स्टल राखिएको थियो । ३ दिनसम्म चलेको महोत्सवमा बिभिन्न परिकारका खानाको स्टल देख्न सकिन्थ्यो । यसबर्ष खानाका स्टलमा बिशेष परिकार जस्तै केरा, च्याउ र माछाको मम राखिएको थियो । त्यसबाहेक पनि लोकल कुखुराको मासु र ढिडो, घुङ्गि, पिजा, बर्गर, चाउमनिको पनि परिकार राखिएको थियो । यस्तै महोत्सवमा चार तारे ईच्छा होटलको पनि स्टलसहित दशै लक्षित बिभिन्न लत्ता कपडाका साथै गार्मेन्टको स्टल देख्न सकिन्थ्यो ।

मध्यरातसम्म तात्यो बारा

दोस्रो बारा खाना तथा दशै महोत्सव २०७५ मा राष्ट्रिय स्तरका कलाकारहरुले धमाकेदार प्रस्तुती देखाएका छन् । ३ दिने महोत्सवमा नेपालका चर्चित गायक राजनराज सिवकोटी, रामजि खाड, दुर्गा खरेल, कमल के. क्षेत्री, सम्झना लामिछाने मगर, दिनेश काफ्ले, विकास पाण्डे, प्रदिप त्रिपाठी, सुनिल पण्डित, देवेन्द्र कार्की, संतोष देउजा लगायतले मध्यरातसम्म आफ्नो प्रस्तुती देखाए । हजारौ दर्शकको उपस्थितिमा सिमराको एयरपोर्ट रोडमा राष्ट्रिय स्तरका कलाकारहरुले धमाकेदार प्रस्तुती देखाउदा बाराको माहोल नै तातिएको थियो । ‘चाडपर्वको समयमा आफ्नै जिल्लामा आएर बिभिन्न खानाको परिकारसंगै संगितमा झुम्न पाउदा निकै खुशि लागेको छ’ काठमाण्डौबाट महोत्सव हेर्न सिमरा आएका डुमरवाना निवासी किशोर साहले भने । महोत्सवमा बिभिन्न समुदायको नृत्यसमेत प्रस्तुत गरिएको थियो । साथै पनाम ब्याण्डसहित स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाएका थिए ।

३ दिनमा ५० हजार दर्शक

३ दिनको अवधीमा ५० हजार भन्दा बढि दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सव हेर्न बारासहित छिमेकी जिल्ला पर्सा, रौतहट, मकवानपुरबाट समेत दर्शकहरु सिमरा आएका थिए । महोत्सव स्थल सिमराको एयरपोर्ट रोड बेहुलीझै सिंगारिएको थियो ।

महोत्सवको पुर्व संध्यामा कार्यक्रम

बारा खाना तथा दशै महोत्सव २०७५ को पुर्व संध्यामा साईकलिङ कार्यक्रम आयोजना गरिएको थियो । विश्व पर्यटन दिवसको अवसर पारेर संघले आयोजना गरेको कार्यक्रममा झन्डै डेढ सय जनाले साईकलिङ गरेका थिए । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको साईकलिङमा बारासहित छिमेकी जिल्ला मकवानपुरबाट समेत साईकल यात्रुहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरीका डिआईजीदेखि शिक्षकसम्मले साईकिङ गरेका थिए । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ स्थित जीतपुरको गढिमाई मन्दिरबाट शुरु भएको साईकलिङ अमलेखगञ्जको हात्तिसारमा पुगेर अन्त्य भएको थियो । साईकल यात्रुहरुले गढिमाई मन्दिरबाट झन्डै २२ किलोमिटर दुरीमा रहेको हात्तिसार सहजै तय गरेका थिए । ९ बर्षदेखि ६५ बर्षसम्मका बृद्धले साईकलिङ गर्दा कार्यक्रमको माहोलनै तातिएको थियो । यसअघि विश्व पर्यटन दिवसको अवसरमा आयोजित ३ दिने कार्यक्रमको पहिलो दिन काठमाण्डौबाट सिमरा आउने पहिलो बिमानका सम्पुर्ण यात्रुहरुलाई फुलमाला लगाएर सम्मान गरिएको थियो भने दोश्रो दिन पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिकाको बिषयमा अन्र्तकृया कार्यक्रम आयोजना गरिएको थियो ।

धरहरामा सेल्फि लिनेको घुईचो

महोत्सव स्थल सिमरामा काठमाण्डौको झल्को दिने धरहरा राखिएको थियो । महोत्सवको आकषर्ण स्वरुप लामो समयदेखि मेला महोत्सव गर्दे आएको हाम्रो समन क्याम्प सिमराले कार्यक्रम स्थलमा धरहरा राखेको हो । कार्यक्रम स्थलमा धरहरासंगै बिभिन्न रंगले रंगिएको रंगोली बनाईएको थियो । महाभुकम्पले भत्काएपछि सम्झना स्वरुप महोत्सवमा राखिएको धरहरामा सेल्फि लिनेको तिनै दिन घुईचो लागेको थियो ।

खाना महोत्सव

महोत्सवमा आयोजकको रुपमा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २, प्रर्वधकको रुपमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौ, मुख्य सहयोगीको रुपमा जीतपुरसिमरा उप–महानगरपालिका, बारा, सह–आयोजकको रुपमा नेपाल मत्स्य व्यवसायी संघ बारा, सामुदायीक बिकाशसिल क्लब सिमरा बारा, नव दुर्गा युवा क्लब सिमरा बारा रहेको थियो । यसैगरी महोत्सवको मुख्य प्रायोजकको रुपमा गार्खा ब्रूअरीको उत्पादन टुर्बग र कलाकार व्यवस्थापनमा साङ्गितक कला मञ्च बारा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.