काठमाडौं । १८ वर्ष अघि १ करोड २३ लाख भ्रष्ट्राचार गर्ने राम कमार खड्का पक्राउ परेका छन् । खड्कालाई केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले धापाखेल ललितपुरबाट पक्राउ गरेको हो ।
खड्कामाथी पुनरावेदन अदालत २०५७ कात्तिक २१ गतेको फैसलाले अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा १ करोड २३ लाख ५३ हजार ८ सय ८० रुपैंया जरिवाना र १ वर्ष कैद तोकेको थियो ।
ललितपुर जिल्ला धापाखेल गाविस वडा नं ९ बस्ने ४९ बर्षका खड्का १८ वर्षदेखि फरार रहेको थिए । बिहिबार पक्राउ परेका खड्कालाई जरिवाना वेरुजु भुक्तानी गरी फैसला कार्यान्वयनको लागि काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाईएको सीआइबीका प्रहरी नायब उपरिक्षक निरञ्जन दत्त भट्टले बताए ।
