रातीमा पनि आन्तरिक उडान सञ्चालन गर, यस्ता छन् समितीले मन्त्रालयहरुलाई दिएको निर्देशन

  २०७५ असोज २५ गते १८:४२     विकासन्युज

काठमाडौं । रातीमा पनि आन्तरिक उडान सञ्चालन गर्न सार्वजनिक लेखा समितीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । दशैं नजिकिदै जादा यात्रुहरुले हवाई टिकटको अभाव झेल्नु परेपछि समितीले सो निर्देशन दिएको हो ।

मन्त्रालयलाई दिइएको ३ बुँदे निर्देशनमा हवाई भाडामा हुने मूल्य बृद्धि र टिकट अभावको समस्यालाई तुरुन्त समाधान गर्न भनिएको छ । यस्तै क्षेत्रिय विमानस्थलमा थप विमानहरु राखी दुर्गम गाउँमा उडान थप गर्न, अत्याधुनिक प्रविधिको प्रयोग गरी उडानलाई थप सुरक्षित बनाउन निर्देशन दिएको हो । हाल रातीको समयमा बुद्ध एयरको पाइलटले मात्र उडान भर्न सक्ने मन्त्रालयले जानकारी दिएको छ ।

यस्ता छन् समितिले अन्य मन्त्रालयलाई दिएको निर्देशन

समितिले सरकारलाई चिनीको मूल्य ६३ कायम गर्न पुन निर्देशन दिएको छ । १२ वटा चिनी उद्योगको कार्टेलिङ हुनेगरी करोडौं आर्थिक अनियमितता गरेको समितीले आरोप लगाएको छ ।

सरकारले हचुवाको भरमा चिनी आयतमा बन्देज लगाई ७० रुपैंया मूल्य निर्धारण गरेको भन्दै आर्थिक चलखेलको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानविन गर्न निर्देसन दिनुपर्ने गठित उपसमितीले ठहर गरेको छ ।

अर्थ मन्त्रालयलाई दिने निर्देशन

१. चिनी पैठारीमा लगाइएको बन्देज हटाउने
२. समयमै किसानको उखु उद्योग मार्फत किन्न लगाउने
३. उखु किसानको बक्यौता तत्काल भुक्तानीको व्यवस्था मिलाउने

आपुर्ति मन्त्रालयलाई दिएको निर्देशन

१. सुपथ मूल्य पसल भर्षैभरी सञ्चालन गर्नुपर्ने
२. दैनिक उपभोग्य बस्तुको मूल्य मोबाइल एप्स बनाई राख्नु पर्ने
३. उखु किसानको बक्यौता दशैंअघि उपलब्ध गराउनु पर्ने
४. साल्ट ट्रेडिङ मार्फत चिनीको मौजात राख्नुपर्ने
५. सञ्चालनमा नआएका उखु उद्योगलाई सञ्चालनमा ल्याउनुपर्ने

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई दिएको निर्देशन

१. २० वर्षे पराना सवारी बन्देज लगाउनु पर्ने
२. यातायातमा बृद्धि गरिएको १० प्रतिशत भाडा फिर्ता गर्नुपर्ने
३. टिकट बुकिङमा रहेको कालो बजारी नियन्त्रण गर्नुपर्ने
४. समयमा काम नसक्ने ठेकदारलाई कारबाही गर्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.