उद्योग वाणिज्य महासंघ मेलमिलाप फोरमको सभापतिमा रामशरण थपलिया मनोनयन

<p>काठमाडौं । उद्योग वाणिज्य महासंघको मेलमिलाप फोरम सभापतिमा रामशरण थपलिया मनोनयन भएका छन् । उनी महासंघकाे कार्यसमिति सदस्य पनि हुन् । यसअघि २ पटक ठमेल पर्यटन विकास परिषदको सभापति बनिसकेका थपलियालाई नेपाल चेम्बर अफ कमर्शमा पनि पटक पटक कार्यसमिति सदस्य भएकाे थिए । निजी क्षेत्रमा रहेको समस्या वार्ता र मेलमिलापबाट समाधान गर्न थपलियालाई महासंघले जिम्मेवारी [&hellip;]</p>

काठमाडौं । उद्योग वाणिज्य महासंघको मेलमिलाप फोरम सभापतिमा रामशरण थपलिया मनोनयन भएका छन् । उनी महासंघकाे कार्यसमिति सदस्य पनि हुन् ।

यसअघि २ पटक ठमेल पर्यटन विकास परिषदको सभापति बनिसकेका थपलियालाई नेपाल चेम्बर अफ कमर्शमा पनि पटक पटक कार्यसमिति सदस्य भएकाे थिए ।

निजी क्षेत्रमा रहेको समस्या वार्ता र मेलमिलापबाट समाधान गर्न थपलियालाई महासंघले जिम्मेवारी दिएको हो । उनी कानुन व्यवसायी समेत हुन् ।

समितिमा १५ जनासम्म सदस्य बनाउने तयारी रहेको फोरमको सभापति थपलियाले बताए । “मेरो विगतको अनुभवले मलाई दिएको जिम्मेवारी कुशता पुर्वक निभाउने विस्वास लिएको छु थपलियाले विकासन्युजसँग भने अब प्रदेश अनुसारको समिति विस्तार गरी काम अघि बढाउने छु ।”

 

Share News