मिस्टर नेपाल वर्ल्ड २०१८ को विजेता चितवनको बिकल्प श्रेष्ठ

  २०७५ असोज १८ गते १५:३२     विकासन्युज

काठमाडौं। २००१ बाट नेपालमा सुरु हुदै आएको मिस्टर वर्ल्डको फ्रेनचाईज शो नेपालमा होटल अन्नपूर्णमा मिस्टर नेपाल २०१८ समपन्न भएको छ। एक्पोस नेपालबाट आयोजना गरिएको र सुजुकी टाईटल स्पोन्सर रहेको मिस्टर नेपाल को फाइनल असोज १३ गते  भएको कार्यक्रममा १८ जना सहभागिता थिए जस मध्ये मिस्टर नेपाल लगाएत ८ वटा टाइटलमा सहभागी बिजेता भएको छन जसमा मिस्टर नेपाल वर्ल्ड २०१८ बिकल्प श्रेष्ठ, मिस्टर नेपाल युनिभर्स एम्बास्डर २०१८ सुसान महर्जन, मिस्टर नेपाल म्यान अफ द यियर सन्दिप केसी, मिस्टर नेपाल ईन्टरनेसनल २०१८ प्रदिप न्यौपाने, मिस्टर नेपाल मेन याटिट्युड २०१८ चन्दन चौधरी, एक्पोस नेपाल टुरिसम एम्बास्डर २०१८ सागर परियार,एक्पोस नेपाल युथ एम्बास्डर सबिन बराल र एक्पोस नेपाल स्पोर्टस एम्बास्डर दिपेस श्रेष्ठले हात परेका छन्।

मिस्टर नेपाल का सी. इ.ओ अर्चना बस्नेतले कार्यक्रम अहिले सम्मको सबैभन्दा राम्रो र उत्कृष्ट साथै निष्पक्ष नतीजा भएको र यस्तो कार्यक्रमले समाजमा रहेको प्रतिभा बाहिर आउने र समाज मा परिबर्तन गर्न यस्तो कार्यक्रमले मदत गर्ने साथै चितवनबाट आउनु भइ बिजेता हुनु भएकोमा मिस्टर नेपाल को बिजेता बिकल्प श्रेष्ठ लाइ धन्यबाद ज्ञापन गरिन्।

त्यस्तै मिस्टर नेपाल का बिजेता बिकल्प श्रेष्ठलाइ सुजुकी को चाबी दिदै सुजुकी का मार्केटिंग म्यानेजर नबराज कोइरालाले समाजमा लुकेको को प्रातिभालाई बिश्व सम्म पुर्याउन पाउँदा हामीलाई धेरै खुसी लागेको बताए । नेपालको सान रहेको मिस्टर नेपाल जस्तो कार्यक्रममा निरन्तर सहयोग गर्दै अगाडी बढने कोइरालाले बताए। यसपालीकोको मिस्टर नेपाल बिजेताले मिस्टर वर्ल्ड २०१९ मा सहभागी हुन पाउनेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.