२०७५ भदौ २९ गते १०:२४ विकासन्युज
काठमाडौँ। आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल नेपाल समूह ‘ए’ मा परेको छ ।
बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका हुन्।
समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो। त्यसअघिका संस्करणमा भने नेपाल अन्तिम चरणमा आएर भारतसँग पराजित हुँदै आएको थियो ।
प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन । यसपटक हुने प्रतियोगिताको पाँचौ संस्करण हो। रासस
Copyright © 2023 Bikash Media Pvt. Ltd.