नागढुंगा-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ६ वटा कम्पनी छानिए

  २०७५ भदौ २८ गते १५:२४     विकासन्युज

काठमाडौं । काभ्रेको धुलिखेलदेखि राजधानीको नागढुङासम्म ४५ किलोमिटर लामो मेट्रोरेलको संभाव्यता अध्ययनका लागि आधा दर्जन विदेशी परामर्शदाता छनौट भएका छन् । छनौट हुनेमा चिनियाँ, भारत, कोरिया, टर्की र जापानका परामर्शदाता रहेका छन् । आशयपत्र पेश गरेर संक्षिप्त सुचिमा चाइना मेशिनरी इन्जिनियरिङ कर्पोरेशन, चाइना रेल्वे सिउवान सर्वे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, निप्पोन कोइ कम्पनी लिमिटेड, जापान, राइट्स इण्डिया लिमिटेड, युसिन इन्जिनियरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युकसलवारी टर्की छन् ।

छनौट भएका कम्पनीले आउदो ३१ दिनभित्र परामर्श सेवाका लागि बोलपत्र पेश गर्नुपर्ने लगानी बोर्डका प्रवत्ता उत्तमभत्त वाग्लेले जानकारी दिए । बोलपत्र पेशपछि डीपीआरका लागि परामर्शदता छनौट गरिने उनले बताए । धुलिखेलदेखि नागढुङासम्म मेट्रोरेल सञ्चालन तथा व्यवस्थापनका लागि विस्तृत आयोजना प्रतिवे(डीपीआर) तयारीका लागि परामर्शदातालाई ३१ दिनभित्र बोलपत्र पेश गर्न बोर्डले भनेको छ ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा २०७४ कात्तिक २७ गते बसेको लगानी बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बनाउने निर्णय गरेको थियो ।
लगानी बोर्डले नै गठन गरेको राािष्ट्रय योजना आयोगका पुर्वाधार हेर्ने तत्कालिन सदस्य हिरेन्द्रमान प्रधान नेतृत्वको कार्यदलले पहिलो चरणमा नागढुंगा कलंकी कोटेश्वर धुलिखेल मेट्रोरेल बनाउन सकिने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा बोर्डले रेलका लागि प्रारम्भीक काम थालेको हो । विस्तृत सम्भाव्यता अध्ययन र डीपीआर तयार भैसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण(बुट) मोडलमा अन्तराष्ट्रिय कम्पनीको खोजी हुनेछ ।

मेट्रो रेलको प्रति किलोमिटर लागत ४ अर्ब हुने प्रक्षेपण गरिएको छ । यसको कुल लागत १ खर्ब ८० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । जमिनमाथी पुल निर्माण गरेर मेट्रोरेल सञ्चालन गरिनेछ । एलेटेटेड ट्रयाक(पुल) माथी रेल गुडाउने प्रबिधी अन्तर्गत मेट्रो रेलको निर्माण गर्न लागिएको हो । मेट्रो रेलहरु व्यवसायीक रुपले सञ्चालन गर्न कठिन हुनेगरेको छ । त्यसैले मेट्रो रेल सञ्चालनको जिम्मेवारी पाउने कम्पनीलाईसरकारले केहि अनुदान वा सहुलियतको सुबिधा उपलब्ध गराउनेछ ।

उपत्यकामा मेट्रो रेल निर्माणका लागि कोरियाली, जापानी तथा केहि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन् । उनीहरुले केहि बर्ष पहिले नै मेट्रो रेल निर्माणका लागि भन्दै रेल विभागमा आसय पत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.