मेसीको २ गोलसँगै बार्सिलोनाको गोल वर्षा, हुइस्कामाथी ८ गोल

  २०७५ भदौ १७ गते २३:५९     विकासन्युज

काठमाडौं । स्पेनिस पावरहाउस बार्सिलोनाले लालिगाको तेस्रो खेलमा हुइस्कामाथी गोलको बर्सा गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले हुइस्कामाथि ८ गोल प्रहार गरेको हो ।

हुइस्काले खेलको २ मिनेटमै अग्रता लिएपनि लियोनल मेसीले १५ मिनेटमै बराबरी गोल फर्काएका थिए । पहिलो हापमा हुइस्काले आत्माघाती गोल गरेसँगै लुइस सुवारेजले गाेल गरे । खेलको ४२ औं मिनेटमा हुइस्काका लागि गलार फाल्गुराले गोल गरे ।

दोस्रो हाफमा ओसामाने डेम्बेले, इभान राकेटिक जोर्डी अल्बा र मेसीले गोल गरे, खेलको अन्तिम समयमा सुवारेजले पेनाल्टी मार्फत गोल गरेपछि बार्सिलोनाले सहज जित हात पार्यो । जितसँगै बार्सिलोना लालिगाको शिर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.