भदौं २६ गतेदेखि भृकुटीमण्डपमा १३औं नाडा अटो शो हुँदै, हेभी गाडी नराखिने

  २०७५ भदौ १७ गते १४:५६     विकासन्युज

काठमाडौं । विभिन्न ब्राण्डका गाडीको प्रवद्र्धन गर्न राजधानीको भृकुटीमण्डपमा १३औं नाडा अटो शोको आयोजना हुने भएको छ । आउँदो भदौं २६ गतेदेखि ३१ गतेसम्म उक्त शोको आयोजना हुन लागेको हो ।

नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेमेन्ट सर्भिसेजको संयुक्त आयोजना अटो शो आयोजना हुन लागेको हो । अटो शोमा प्रख्यात ब्राण्डका सवारी साधन, पार्ट पुर्जा तथा अन्य एसेसरिजहरु समावेश गरिनेछन् ।

शोमा अटोमोबाइल्सका नयाँ मोडल तथा नयाँ प्रविधिहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा डिलर, उत्पादक, विक्रेता र उपभोक्ताको जमघटको अवसरका रुपमा रहनेछ । मेलामा ७१ वटा कम्पनीका १३४ वटा स्टलहरू रहने छन् । शोमा १९ वटा ब्राण्डका चार पाङग्रे, २० वटा ब्राण्डका दुई पाङग्रे सवारी साधनहरू रहने छन् । चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनो, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भक्सवागन र साङयोङ ब्राण्डका गाडीको प्रदर्शनी हुने छ । ठाउँ अभावले गर्दा हेभी कमर्शियल गाडीहरु यस वर्षको अटो प्रदर्शनमा राख्न नसकिएकाे नाडा अटाे शाेका संयाेजक निराकार श्रेष्ठले बताए ।

त्यस्तै, २-पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा रहेका छन् । अटो शोमा नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजहरूको पनि सहभागिता रहने छ ।

६ दिनसम्म चल्ने नाडा अटो शोमा ६० हजार आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ । अटाे शाेमा प्रवेश शुल्क २०० रूपैयाँ ताेकएकाे छ । टिकटका अाधारमा प्रत्येक दिन लक्की ड्र हुने र भाग्यशाली ग्राहकलार्इ कुलप्याड माेवाइल उपहार दिइने नाडाका कार्यवहाक अध्यक्ष कृण्णप्रसाद दुवालले बताए । मेलामा सुरक्षा, पार्किेङ, व्यवस्थापन राम्राे हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.