२०७५ भदौ १५ गते १८:०२ विकासन्युज
काठमाडौं । ललितपुरको सातदोबाटोका प्राडा जगदीश वैद्यले बैंकबाट रकम झिक्ने क्रममा बैंकले बढी दिएको रकम फिर्ता गरेका छन् ।
वैद्यले बुधबार जावलाखेलस्थित मेगा बैंकबाट चेकमार्फत रकम झिक्ने क्रममा बैंकका कर्मचारीले ५० हजार रुपैयाँ बढी दिएपछि फिर्ता गरेका हुन् । उनले आफूले इमान्दारिताका साथ बैंकले बढी दिएको रकम फिर्ता दिएको बताए ।
उनले ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ दमरुप्रसाद निरौला, वडा नं ४ नंका वडाध्यक्ष नारायण केसी र बैङ्कका कर्मचारी कृष्णबहादुर मिश्रको उपस्थितिमा बैंकलाई उक्त बढी रकम हस्तान्तरण गरेका हुन् ।
वैद्यले बैंकबाट ५ लाख रुपैयाँ चेकमार्फत झिक्दा बैंकका कर्मचारीले पाँच लाख ५० हजार रुपैयाँ दिएका थिए । वैद्य २०३५ सालबाट निरन्तर समाजसेवा गर्दै आएका थिए । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.