२०७५ भदौ १५ गते ६:५१ विकासन्युज
काठमाडौं । युरोपको प्रतिष्ठित लिग च्याम्पियान्स लिगको ड्र सार्वजकि भएको छ । ३२ क्लबले प्रतिस्पर्धा गर्ने लिगको यो वर्षको लागि तालिका सार्वजकि गरेको हो ।
आठ टोलीमा विभाजन गरिएको प्रत्येक समुहमा ४ टोली रहेका छन् । प्रतियोगिताको दाबेदार टोली बार्सिलोना ग्रुप ‘बी’ मा परेको छ, रियल म्याड्रिड ग्रुप ‘जी’,एथ्लेटिको म्याड्रिड ग्रप ‘ए’, म्यान्चेस्टर सिटी ग्रुप ‘एफ’, बार्यन म्युनिख ग्रुप ‘ई’ मा पर्दा युभेन्टस् ग्रुप ‘एच’ मा परेको छ ।
बार्सिलोनाले समुह ग्रुप ‘बी’मा टोटेनह्याम, पीएसभी र इन्टरमिलनसँग खेल्नेछ । यसैगरी रियल म्याड्रिडले रोमा, सीएसका र प्एलजिनसँग प्रतिस्पर्र्धा गर्नेछ । खेल होम र अवे आधारमा सञ्चालन हुनेछ । समुहको शिर्ष स्थानमा हुने २ टोली अन्तिम १६ मा पुग्नेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.