इकार्डीकी श्रीमतिसँग म्यारोडोनाको रोमान्स्, यस्तो छ ट्रयाङगुलर लभ स्टोरी (भिडियोसहित)

  २०७५ भदौ ७ गते १३:४८     विकासन्युज

काठमाडौं । अर्जेन्टिनाका महान खेलाडी डियोगो म्याराडोनाले अर्जेन्टिाइन मोडेल वान्डा नारासँग रोमान्स् गरेको खुलासा भएको छ । म्याराडोनाले सन् २००६ मै नारासँग एक होटलमा रात बिताएको अर्जेन्टिनाका टेलिभिजनले खुलासा गरेको हो ।

नारा २००६ अघि नै मोडल पेशामा रहेकी थिइन । त्यसै बेला म्याराडोनासँग ‘द कोस्टा गालान होटल’मा बसेको कुरा बाहिरिएपछि उनलाई टेलिभिजनले कार्याक्रममा प्रतिवन्ध लगाएको थियो । अर्जेन्टाइन टिभी स्टार मिर्था लेग्रान्डले भनेकी छिन् -‘म्याराडोना र नाराको लभ स्टोरी यसरी चर्कियो कि मैले कति दिन राम्ररी निदाउन सकिन ।’

लेग्रान्डले टिभी कार्यक्रम ‘ला नोचे डे र्मिथा’मा भनेकी छिन् -“नाराले मलाई आएर सोधिन मलाई किन कार्यक्रममा नबोलाएको ? मैले प्रतिक्रिया दिदैं भने जो म्याराडोनासँग रातभर बस्यो, म रातभर सुत्न सकिन किनभने शहरमा धेरै हो-हल्ला मच्चियो । उनीहरु गए तर के गरे त्यो मलाई थाहा छैन । तर त्यो सत्य हो । र म त्यसको म साक्षी हुँ ।”

नारा पहिले बार्सिलोनाका पुर्व खेलाडी माछी लोपेससँग विवाह गरी तीन सन्तान जन्माएकी थिइन । लोपेजसँग सम्बन्धमा रहँदा रहदै इन्टरमिलानका माउरो इकार्डीसँग प्रृम सम्बन्धमा परे । लोपेजसँग सम्बन्ध विच्छेद गर्दै इकार्डीसँग विवाह गरेकी थिइन । यसपछि लोपेज र इकार्डीबिच सम्बन्ध बिग्रिएको थियो । लोपेज र इकार्डी दुबै इटालियन क्लबबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका छन् ।

लोपेजले इकार्डी विरुद्धको खेलमा हात नमिलाएपछि उनीहरुबिच पानी बाराबारको सम्बन्ध रहेको स्पष्ट भएको छ । लोपेज र लियोनल मेसी बार्सिलोनामा सगसँगै खेल खेलेका थिए । लोपेजकै अनुरोधमा मेसीले इकार्डीलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीमा समावेश गर्न नमानेको समाचार बाहिर आएको थियो । हाल अर्जेन्टिनाका नयाँ प्रशिक्षक लियोनल स्कालोनीले इकार्डीलाई टोलीमा समावेस गरेपछि मेसी रिसाएको हुन सक्ने अनुमान गरिएको छ ।

आगामी सेप्टेम्बर अमेरिकाको लस एन्जलसमा हुने ग्वागेमाला विरुद्ध हुने खेलमा मेसी सहित सर्जियो अग्युइरोलाई आराम दिइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.