बेलायतको “चीभेनिङ छात्रवृत्ति” को लागि आवेदन खुला

  २०७५ भदौ ७ गते १२:२४     विकासन्युज

काठमाडौं। यदि तपाईं आगामी २०१९-२० को लागि यूकेमा स्नातकोत्तर डिग्री अध्ययन गर्ने सोच्दै हुनुहुन्छ भने, द चिभिनिङ छात्रवृत्ति ले तपाईंलाई आवश्यक सहयोग प्रदान गर्न सक्छ।

छात्रवृत्ति बेलायती राजदुतावास काठमाडौंद्वारा अगस्ट ६ मा घोषणा गरिएको थियो।

दूतावासको अनुसार, उक्त छात्रवृत्तिले विद्यार्थीहरूलाई बेलायती विश्वविद्यालयहरूमा एक वर्षको मास्टर डिग्री अध्ययन गर्न मद्दत गर्नेछ।

छात्रवृत्ति बलियो नेतृत्व क्षमता र बलियो शैक्षिक पृष्ठभूमि भएको व्यक्तिहरुलाई प्रदान गरिन्छ। यस छात्रवृत्तिले कुनै पनि विश्वविद्यालयमा कुनै पनि मास्टर डिग्री को लागि पूर्णरुपमा वित्तीय सहयोग प्रदान गर्दछ। छात्रवृत्तिले विशेष शैक्षिक, व्यावसायिक र सांस्कृतिक अनुभवहरूको एक विस्तृत श्रृंखलासम्म पहुँचको अनुमति दिने दूतावासको भनाई छ।

नयाँ आवेदकहरु मध्य नेपालबाट नौ जनालाई छात्रवृत्ति प्रदान गरी बेलायती विश्वविद्यालयहरुमा अध्ययनको लागि पठाईने छ।

अनलाइन आवेदन फर्म www.cheavening/org/apply मा आवश्यक कागजातहरूको साथमा नोभेम्बर 6 सम्म बुझाईसक्नु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.