नेपालमा कोरोनाको नयाँ भरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि, यसरी बच्न सकिन्छ

  २०८१ जेठ ११ गते १४:३६     विकासन्युज

काठमाडौं । कारोना भाइरसको नयाँ भेरियन्ट देखिन थालेका छन् । विश्वका केही देशमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पनि पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ¥याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।

के हो ‘केपी.१ र केपी.२’ भरियन्ट ?

यो भेरियन्ट यस भन्दा अघि देखिएको ओमीक्रोनको सवभेरियन्ट हो । ओमिक्रोनको मुयुट्रेशनबाट नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ भएको चिकित्सकहरूले बताएका छन् ।

नेपालमा पुष्टि भएकोहरूमा ठूलो असर भने देखिएको छैन । उनीहरूमा कुनै गम्भीर लक्षण देखा परेको छैन । सामान्य रुघाखोकी लक्षण देखापरेको छ ।

पुष्टि भएकाहरूमा गम्भीर समस्या नदेखिएपनि दीर्घरोगी, बालबालिका गर्भवती महिलाका लागि भने जोखिम हुन सक्ने संक्रामक रोग बिशेषज्ञ डा. शेर बहादुर पुनले बताए । उनका अनुसार कुनै भेरियन्ट कडा र कुनै सामान्य हुने भएकाले कुन भेरियन्ट कति जोखिमपूर्ण छ भनेर भन्न नमिल्ने बताउँछन् ।

अन्य देशमा पनि छैन असर 

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ सिंगापुर अमेरिका, चीन, भारत लगायत अफ्रिकी मुलुकमा देखिएको छ । अन्य देशमा पनि यो भेरियन्टले मृत्यु भने नगराएको पुनले बताए ।

डा. पुनले विकासन्युजसँग भने, ‘यो भेरियन्ट अन्य मुलकमा अलि पहिले नै देखिएको थियो । तर, मृत्यु भएको भन्ने खबर भने सुनेको छैन । ’

तथापि कतिपय व्यक्तिका लागि भने यो भेरियन्ट पनि कडा हुनसक्ने उनको चेतावनी छ । डर लाग्दो कडा नभएपनि यो भेरियन्ट तिब्र संक्रामक भने रहेको डा.पुनले बताए ।

कोरोना भाइरसको नयाँ भेरियन्ट देखिनु अब नौले कुरा होइन । उनी भन्छन्, ‘अब हामीसँसँगै कोरोना रहन्छ, मात्र के हो भने यसको म्युट्रेशन हुने बित्तिकै कतै कडा भएर निस्कने त होईन भन्ने कुरामा हामी सजग रहनुपर्छ ।’

डा. पुन फेरि पनि यस्ता भेरियन्ट देख्न सकिने बताउँदै स्वास्थ्यका प्रोटोकाल अपनाउन आग्रह गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.