अनुदान रकम अलग्गै बास्केटमा उपलब्ध हुनुपर्ने

  २०८१ जेठ ११ गते १५:२६     विकासन्युज

काठमाडौं । नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धन प्रसाद लामिछानेले पश्मिना निर्यातमा पाउँदै आएको अनुदान रकमलाई बास्केट फण्डका रूपमा प्राप्त हुनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा अनुदान रकम अलग्गै बास्केटमा उपलब्ध हुनुपर्ने उनले माग गरे ।

उनले पश्मिना निर्यात गर्दा नगद प्रोत्साहन मात्रै नभई रिफाइनान्सिङको व्यवस्थालाई सहज बनाउनुपर्ने माग गरे ।

उनका अनुसार पश्मिना उद्योगबाट ५० हजारभन्दा बढीले रोजगारी पाएका छन् । नेपाल घुम्न आएका ८० प्रतिशत पर्यटकहरूले उपहार स्वरूप विदेश लैजाने सर्वाधिक लोकप्रिय वस्तु पश्मिना रहेको उनको भनाइ छ । जुन नेपालमै उत्पादन भइरहेको उनले बताए ।

‘डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङमा भुवा संकलन गरेर पश्मिना उत्पादन हुन्छ । पश्मिना निर्यातित वस्तु भएकाले विशेदी मुद्रा आर्जन हुन्छ । र, अर्थतन्त्रमा टेवा पुर्याउँछ,’ उनले भने, ‘निर्यात गर्दा नगद प्रोत्साहन स्वरूप ५ प्रतिशत अनुदान दिएको छ । उक्त अनुदान रकम अलग्गै बास्केट भइदिए राम्रो हुने थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.