‘जनताले भत्ता खाने र काम नगर्ने सांसद भनेर फोटो टाँस्ने स्थिति आइसक्यो’

  २०८१ जेठ ११ गते १५:११     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको सभाको बैठकमा कार्यसूचिमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएसँगै बैठक स्थगित भएको हो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लामो समय यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलनको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।

संसदीय छानबिन समिति नबनेसम्म बैठक अघि बढ्न नसक्ने भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सभाको बैठकमा बोल्दै अध्यक्ष नारायणप्रसाद दाहालले सभाको परिस्थिति राजनीतिक रुपमा पेचिलो बन्दै गएको बतए ।

अहिलेको स्थितिले भोलिको दिनमा कस्तो पाठ सिक्ने भन्नेबारेमा गम्भीर बन्न जरुरी रहेको बताए । नीति तथा कार्यक्रम अवरोधका कारण छलफल हुन नसकेको जानकारी दिए ।

पहिला संसदको लोगो फुकालेर सार्वजनिक सवारीसाधनमा चढ्नुपर्ने स्थिति रहेको भएपनि अहिले त्यो भन्दा गम्भीर स्थिति सिर्जना भएको बताए । जनताले बाटोबाटोमा यि सांसदहरु भत्ता खाने र काम नगर्ने हुन् भनेर फोटो टाँस्ने स्थिति आउनसक्ने जानकारी दिए । राष्ट्रिय सभाको अर्को बैठक जेठ १३ गते आईतबार बिहान साढे ११ बजे बस्नेगरी स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.