सुनचाँदीको मुल्यले राख्यो रेकर्ड, सुन भण्डारण गर्ने रणनीतिको प्रभाव

  २०८१ जेठ ११ गते १४:३३     विकासन्युज

काठमाडौं । यो साता पनि विश्व बजारमा सुन तथा चाँदी दुवैको मुल्य उच्च दरले बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुन भण्डारणमा लगानी बढाउने चिनको रणनीतिसँगै मुल्यमा चाप परेको विश्लेषकहरूले बताएका छन् ।

साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार दुवै दिन मुल्यले एक पछि अर्को उचाई कायम गर्दै त्यस पछिका दिनमा भने मुल्य घटेको छ । नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ उचाई कायम गरेको छ ।

साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २० हजार ८ सय रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन हालसम्मकै उचाईमा पुगेर प्रति १० ग्राम १ लाख २१ हजार ५ सय ७० मा नयाँ रेकर्ड राख्यो ।

त्यस पछिका दिनमा भने क्रमशः घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम सुनको मुल्य १ लाख १७ हजार ३ सय ७० कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा प्रति १० ग्राम ३ हजार ४ सय ३० बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ६ सय ३७ रुपैयाँ ५० पैस रहेको मुल्य साताको दोस्रो दिन रेकर्ड राख्दै प्रति १० ग्राम १ हजार ६ सय ६३ रुपैयाँ पुग्यो । जुन त्यस पछिका दिनमा भेन घटेर पछिल्लो दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५ सय ९० रुपैयाँ कायम भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.