अर्जेन्टिनाका नयाँ प्रशिक्षक स्कालोनीले भने-मेसीले राष्ट्रिय टोली छोडे सबैभन्दा अभागी प्रशिक्षक हुनेछु

  २०७५ भदौ ६ गते १०:४४     विकासन्युज

काठमाडौं । अर्जेन्टिनाका नयाँ प्रशिक्षक लियोनल स्कालोनीले स्ट्राइकर लियोनल मेसीलाई राष्ट्रिय टोलीमा समावेस गर्न प्रयास गरेका छन् । अर्जेन्टिनाले आउँदो महिना ग्वाटेमाला र कोलम्बियासँग हुने मैत्रीपुर्ण खेलको लागि मेसी टोलीमा समावेश हुन नमानेपछि मेसी अर्जेन्टिनाबाट खेल्ने नखेल्नेमा अन्योलता बढेको हो ।

मुख्य प्रशिक्षक स्कालोनीले देशको कप्तानल नै खेल्ने नखेल्ने अन्योल हुनु ठूलो बहसको कुरा भएको बताएका छन् । उनले पत्रकार सम्मेलनमा भनेका छन् -“मलाई थाहा छ सबै जना मेसीको प्रतिक्षामा रहेका छन्, यो एउटा विशिष्टकृत विषय हो, यसलाई म समाधान गर्नेछु । मेसीसँग मेरो केहि कुरा भएको छ । तर प्रष्ट कुरा भएको छैन । यदि मेसिले राष्ट्रिय टोली छोडेमा सबैभन्दा अभागी प्रशिक्षक म हुनेछु किनभने खेलमा मेसीबाट जस्तो फाइदा कुनै पनि प्रशिक्षकले लिन सक्दैन । तर अहिले नै मेसीको भविष्यबारे कुरा गर्ने बेला भएको छैन ।”

अर्का स्ट्राइकर सर्जियो अग्गुइरो पनि टोलीमा नभएपछि स्कालोनीले इन्टरमिलानका माउरो इकार्डीलाई टोलीमा समावेस गरेका छन् । अर्जेन्टिनाले अमेरिकाको लस एन्जलसमा सेप्टेम्बर ७ तारिखमा ग्वाटेमालासँग प्रतिस्पर्धा गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.