सबैभन्दा महंगो खेलाडी नेइमार जुनियर, यसरी हुन सक्छन् असफल

  २०७५ भदौ ५ गते १८:५१     विकासन्युज

काठमाडौं । फुटबलमा लगातार ११ वर्ष लगातार राज गरेका क्रिष्टियानो रोनाल्डो र लियनल मेसि पछि पालो अब नेइमार जुनियरका भनेर आँकलन गरियो । तर उनको फ्रेन्च क्लब सेन्ट पेरिस जर्मन जाने निर्णयले उनलाई फुटबलमा थप सफलता हात पार्न असजिलो पर्ने देखिएको छ ।

बार्सिलोना छोड्नु अघि उनलाई सबैको सुझाव थियो ठूला क्लब जानु अझ क्रिष्टियनो रोनाल्डोले झन् खुलेरै म्यान्चेस्टर युनाइटेड जना सल्लाह दिएका थिए । मेसि जेरार्ड पिके जस्ता प्रभावशाली खेलाडीले पनि बार्सिलोनामै बस्न र सोहि क्लबबाट बालोन डि ओर जिताउन सहयोग गर्ने बताएका थिए । तर उनको परिवारले यो कुरा स्वीकार गर्न सकेन ।

यो कुरा बार्सिलोनामा धेरै अप्रिय सिद्ध भयो । ९० हजार भन्दा बढी मानिसले आफुहरुका लागि नेइमार अब नरहेको भन्दै जिउँदै मानिसको १ मिनेट मौनधारण नै गरे ।

पिएसजी गएपछि नेइमारले धेरै गोल गर्नेछन् र यसको प्रभावबाट उनी अघि बढ्नेछन् भन्ने थियो तर उनले पहिलो सिजन लिग वानमा ३० गोल कटाउन सकेनन् । विश्वकप जितेर प्रभाव छाड्ने उनको सपना पनि अधुरो रह्यो । अब उनी कतारमा हुने विश्वकपमा ३० वर्षका हुनेछन् ।

पिएसजीका अध्यक्ष नासिर एल खालिफीले च्याम्पियान्स लिग जिताउन सबै प्रकारका तयारी गरेका छन् ।

नेइमार आफैंमा उत्कृष्ट ड्रिबल सहित आकर्षक सर्ट प्रहार गर्न सक्ने खेलाडी हुन् । तर उनको पोजिसन हेर्दा पिएसजीमै उनले सफलता हात पार्नेमा विश्वास गर्न सकिदैंन । किनभने पिएसजीमै अर्का प्रभावशाली खेलाडीहरु केलियन एम्बाप्पे र एडिसन काभानी रहेका छन् । यदि पिएसजीले लिग वान र च्याम्पियान्स लिग जितेको खण्डमा एबाप्पेले धेरै गोल गर्ने सम्भावना रहन्छ । फुटबलमा आफैं ड्रिबल गरेर गोल गर्न प्राय कठिन मानिन्छ, यसको लागि उनले काभानी वा एम्बाप्पेलाई असिस्ट दिनुपर्ने हुन्छ ।

यस अर्थमा एम्बाप्पेले विश्वकपमा एक प्रभाव छोडिसकेका छन् । फ्रन्समाा नेइमारलाई एम्बाप्पे भन्दा धेरै समर्थक जुटाउन अप्ठयारो पर्नेछ किनभने एम्बाप्पे फ्रान्सका राष्ट्रिय खेलाडी हुन् ।

नेइमारका लागि सन् २०२० मा ब्राजिलमै हुने कोपा अमेरिका जित्ने अर्को अवसर रहेको छ । मेसी र रोनाल्डोले ५५ पटक बालोन डे ओर जितिसक्दा नेइमारले एक पटक पनि जित्न सकेका छैनन् । यसरी हेर्दा नेइमार मेसी र रोनाल्डोको दाजोमा पुग्न केहि कठिन अवश्य देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.