२०७५ भदौ ४ गते १७:५६ विकासन्युज
काठमाडौं । स्पेनिस पावर हाउस बार्सिलोनाले आइतबार एलभेससँग भएको खेलमा एक रेर्कड बनाएको छ । क्लब इतिहासमै बार्सिलोनाका मुख्य प्रशिक्षक इर्नेस्टो भाल्डभारेले २९४ मिलियन युरो बराबरको खेलाडीलाई बेन्चमा राखेर ११ खेलाडी मैदान उतारेका हुन् ।
बार्सिलोनाको इतिहासमा यो पहिलो पटक भएको हो । भाल्डभारेले १५५ मिलियनका फिलिपे कौटिन्हो, ४१ मिलियनका मक्लम, ३५ मिलियनका क्लिमेन्ट, ३१ मिलियनका आर्थर, १९ मिलियनका अटुरो भिडाल र १३ मिलियनका जासेफ सेलिसन लगायतका खेलाडीलाई बेन्चमै राखेर ११ जना खेलाडी छनोट गरेका हुन् ।
विगतका वर्षसम्ममा बार्सिलोनाले १३१ मिलियन युरो बराबरको खेलाडी बेन्चमा राख्ने गरेको थियो । हालसम्म युराेपका कुनै पनि क्लबले यति धेरै रकमका खेलाडीलाई बेन्चमा नराखेको स्पेनिस अनलाईन मार्काले जनाएको छ । नेइमार जुनियरले बार्सिलोना छोडेपछि आक्रामक रुपमा खेलाडी किनिरहेको छ ।
मिडफिल्डलाई अझै बलियो बनाउन बार्साले म्यान्चेस्टर युनाइटेडका पाउल पोग्बालाई किन्ने तयारी समेत गरिरहेको छ । आइतबारको खेलमा एलभेसलाई ३-० ले हराएपनि भाल्डभारेले टोलीले उत्कृष्ट खेल खेल्न नसकेको टिप्पणी गरका छन् । उनले बार्सिलोनाको ४-४-२ खेल शैलिलाई परिवर्तन गर्दै ४-३-३ को शैलिमा खेल खेलाइरहेका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.