४.१२ बिलियन डलर सहित युनाइटेड सर्वाधिक धनि क्लब, रियल र बार्सिलोनाको बजार मूल्य कति ?

  २०७५ साउन २९ गते ९:०७     विकासन्युज

काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेट विश्वकै सर्वाधिक धनि क्लब बनेको छ । अमेरिकन पत्रिका फोर्स म्यागेजिनले गरेको सर्वेक्षणमा युनाइटेडको बजार मूल्य सबैभन्दा बढी रहेको हो ।

११६ वर्ष अघि स्थापना भएको युनाइटेडको बजार मूल्य हाल ४.१२ बिलियन अमेरिकन डलर रहेको छ । २० पटक इंग्लिस प्रिमियर लिग र ३ पटक च्याम्पियान्स लिग जितेको युनाइटेडको वल्ड ट्रार्फोडमा ७५ हजार जना क्षमताको स्टेडियम रहेको छ, भने विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
दोस्रो स्थानमा स्पेनिस क्लब रियल म्याड्रिड रहेको छ । जसको बजार मूल्य ४.०८ बिलियन डलर रहेको छ । यस्तैगरी स्पेनिस क्लब बार्सिलोना तेस्रो स्थानमा परेको छ । उसको बजार मूल्य ४.०६ बिलियन डलर रहेको छ ।

३.०६ बिलियन डलर सहित जर्मन क्लब चौथो स्थानमा रहेको छ भने इंग्लिस क्लब म्यान्चेस्टर सिटी पाचौं स्थानमा रहेको छ । एयरलाइन्स कम्पनी इतिहाडको स्वामित्व रहेको सिटीको बजार मूल्य २.४७ बिलियन डलर रहेको छ । सिटीलाई सबैभन्दा आर्थिक रुपले बलियो क्लबको रुपमा पनि हेरिएको छ ।

यस्तै २.२३ बिलियन डलर सहित आर्सनल छैटौं, २.०६ बिलियन डलर सहित चेल्सी सातौं, १.९४ बिलियन डलर सहित लिभरपुल आठौं, १.४७ बिलियन डलर सहित इटालियन क्लब नवौं स्थानमा रहेको छ भने इंग्लिस क्लब टोटेनहम हस्टपुर दशौं स्थानमा रहेको छ । उसको बजार मूल्य १.२३ बिलियन डलर रहेको छ । पछिल्लो समय युरोपमा फुटबलले उत्कृस्ट व्यवसायिक सफलता हात पार्दै गैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.