२०७५ साउन ८ गते १९:०१ विकासन्युज
काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं बार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिताको आयोजना गरेको छ । सो अवसरमा बैंकले उपत्यकामा कार्यरत कर्मचारीहरुबीच धन्यनतरी फुटसल मैदानमा बैंकका विभिन्न विभाग तथा शाखाहरुबीच फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।
उक्त प्रतियोगितामा दुईवटा महिला टिम लगायत १८ वटा टिमहरुको सहभागिता भएको थियो । बैंकका उच्च व्यवस्थापकहरु विचको मैत्रिपुर्ण खेलबाट कार्यक्रमको उद्घाटन नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बल हस्तान्तरण गरि शुभारम्भ गरेका थिए ।
फुटसल प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई नबिल बैंकका अध्यक्ष पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गरेका थिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.