वृज सिमेन्टको प्रायोजनमा चितवनको विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण

  २०७५ असार ३१ गते १३:४०     विकासन्युज

काठमाडौं । पुष्पतारा केडिया सेवा संस्थाको आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिको प्रायोजनमा चितवनको एक विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले चितवनको श्री नारायणी नमुना माध्यमिक विद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा मेयर दाहालले यस फुटबल सामाग्रीले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका खेलकुद विकासमा एक कोषेढुङ्गा सावित हुनेछ मेयर दाहालले बताइन् ।

सो विद्यालयका प्राध्यापक पुर्ण दवाडीले नेपाली फुटबल खेलमा वृज सिमेन्टले गरेको सहयोग एकदमै राम्रो भएको र यसरी निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला हुने तथा उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने बताएका छन् । भविष्यका कर्णधार साना साना प्रशिक्षण लिइरहेका खेलाडी भाईबहिनीहरुलाई यो सामाग्री अत्यन्तै प्रभावकारी हुने दवाडीले बताए ।

वृज सिमेन्टले आगामी दिनहरुमा पनि यो फुटबल सामाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.