२०७५ असार २६ गते १७:४९ विकासन्युज
काठमाडौं । राष्ट्रिय फुटबल टिमका युवा खेलाडी नवयुग श्रेष्ठले बनेपा–८ काभ्रेमा अवस्थित शिक्षा सदन माध्यमिक विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण गरेका छन् । श्रेष्ठले पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा. लि. द्धारा प्रायोजन गरिएको फुटबल सामाग्री वितरण कार्यक्रमबीच उक्त सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
नवयुग श्रेष्ठ वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा विगत एक बर्षदेखि आवद्ध छन् । यस विद्यालयका प्रधानाध्यापक पुकार कर्णजितले विद्यार्थीहरुको चौतर्फी विकासको लागि शिक्षाको साथसाथ सहक्रियाकलाप अझ खेलकुद महत्वपुर्ण विषय रहेकाे बताएका छन् । साथै, उनले यस सार्वजनिक विद्यालयलाई फुटवल सामाग्री प्रदान गरेकोमा वृज सिमेन्टलाई धन्यवाद दिएका छन् ।
उनले निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला प्रदान हुने तथा उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने बताएका छन् । भविष्य कर्णधार साना साना प्रशिक्षण लिइरहेका खेलाडी भाईबहिनीहरुलाई यो सामाग्री अत्यन्तै प्रभावकारी हुने उनले बताए ।
यसका साथसाथै वृज सिमेन्टका काभ्रे जिल्लाका आधिकारिक बिक्रेताहरुको उपस्थिति समेत रहेको थियो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वृज सिमेन्ट इण्डष्ट्रिजले पहिलो चरणमा बनेपाको यस सार्वजनिक विद्यालयलाई छनौट गरिएको सिनियर ब्राण्ड मेनेजर अमित श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यो फुटबल सामाग्री वितरण कार्यक्रम देशका अन्य क्षेत्रहरुमा कार्यन्वयन गर्ने उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.