२०७५ असार २२ गते १२:३९ विकासन्युज
काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिडले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेच्ने लगभग पक्का भएको छ । रोनाल्डो युभेन्टस् जाने आधिकारी निर्णय नहुदै इटालियन मिडियाहरुले भने रोनाल्डो बस्ने घर सार्वजनिक गरेका छन् ।
केहिदिन अघि युभेन्टसले रोनाल्डोको लागि १ सय मिलियन युराको प्रस्ताव गरेको थियो । रोनाल्डोका एजेन्टले पनि युभेन्टस्को पदाधिकारीहरुसँग लगातार छलफल गरिरहेको समाचार बाहिर आएपछि रोनाल्डो युभेन्टस् जाने निश्चित जस्तै भएको हो ।
२०१८ ०१९ को च्याम्पियान्स लिग जिताउन महत्वपुर्ण भुमिका खेलेका रोनाल्डो बालोन डि ओरको प्रमुख दाबेदार हुन् । रोनाल्डो युभेन्टस् जाने भएपछि रियल मड्रिडमा भने नेइमार जुनियर ल्याउने तयारी भएको छ । यसका लागि मड्रिडले पिएसजी सामू ३१० मिलियन युरोको प्रस्ताव गरिसकेको छ ।
यस्तो छ इटालीमा रोनाल्डो बस्ने घरको फोटो
Copyright © 2025 Bikash Media Pvt. Ltd.