माछापुच्छ्रे बैंकको २ नयाँ शाखा धनुषा र सप्तरीमा

  २०७५ असार १९ गते १८:०६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले धनुषा र सप्तरीमा २ शाखा कार्यालयको शुरुवात गरेको छ । बैंकले धनुषाको फुलगामामा र सप्तरीको माहुलीमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाहरुको उद्घाटन पूर्व सभासद तथा बैंकका पूर्वअध्यक्ष डा. बिरेन्द्रप्रसाद महतोले क्रमशःनागराइन नगरपालिकाका मेयर प्रमेश्वर यादव र अग्रिसाइर कृष्ण सावरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीसँग संयुक्त रुपमा गरेका हुन् ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, धनुषाको धारापानीमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । उक्त एटिएमको उद्घाटन मध्यपूर्वीय पृतना, धारापानीका पृतनापती ईश्वर हमालले गरेका छन् ।

बैकले २०७४ साल चैत्र मसान्तसम्म ६८ अर्ब निक्षेप परिचालन गरी ६२ अर्व कर्जा प्रवाह गरेको छ । साथै, सोही अबधिमा ८१ करोड रुपैयाँ खुदमुनाफा गरेको कम्पनीले जनाएको छ । हाल बैंकले ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.