युनाईटेड फाईनान्सले शुरु गर्यो भिसा डेविट कार्ड र एटीएम सेवा

  २०७५ असार १९ गते १७:२९     विकासन्युज

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले भिसा डेविट कार्ड र एटीएम सेवाको शुरुवात गरेको छ । फाइनान्सले नर्भिक ईन्टरनेशनल अस्पताल भित्र रहेको एटीएम लउञ्जमा अत्याधुनिक प्रविधि सहित(टच स्क्रिन एटीएम मेसिन)को उद्घाटन गरेको छ ।

उक्त मेसिनको उद्घाटन कम्पनीका संचालक विष्णुकुमार अग्रवालले मंगलबार गरेका हुन् । उक्त एटीएमबाट कुनै पनि बैंक तथा वित्तीय संस्थाले जारी गरेका भिसा डेबिट कार्ड प्रयोग गरी रकम झिक्न सकिने छ ।

त्यसैगरी, फाईनान्स कम्पनीहरुमा पहिलो पल्ट अत्यन्त सुरक्षित मानिएको चिपमा आधारित भिसा डेबिट कार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठले शुभारम्भ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.