चटकी नेइमारलाई रियल म्यड्रिडको ३१० मिलियन युरो अफर, छोड्लान पिएसजी ?

  २०७५ असार १९ गते १७:४३     विकासन्युज

काठमाडौं । ब्राजिलका युवा स्ट्राइकर नेइमार जुनियरलाई रियल म्यड्रिडले अहिलेसम्मकै ठूलो रकम प्रस्ताव गरेको छ । मेक्सिकोलाई हराउन महत्वपुर्ण १ गोल र १ असिस्ट गरेका नेइमारलाई ३ सय १० मिलियन अफर गरेको हो । स्पेनिस टेलिभिजन टिभिइलाई उद्रित गर्दै नेइमारलाई अहिलेसम्मकै धेरै रकम प्रस्ताव गरेको गोल डटकमले जनाएको छ ।

नेइमार गत अगस्ट २०१७ मा पिएसजीले २ सय २२ मिलियन युरो तिर्न तयार भएपछि बार्सिलोनाका खेलाडी सेमियोडोसँग झगडा गर्दै फ्रान्स हानिएका थिए । पिएसजीमा आशातित सफलता हासिल गर्न नसकेका नेइमार घाइते भई खुट्टाको अप्रेशन गरी विश्वकपमा फर्किएका छन् ।

उनलाई बार्सिलोना छोड्न उनको बाबुले निकै बल गरेका थिए । उनको आमाले सार्वजनिक रुपमै आफ्नो छोरो रियल म्यड्रिडबाट खेल्ने बताइसकेकी छिन् । नेइमार बेच्ने नबेच्ने पिएसजीका मालिक नासिर अल खेलाफीको हातमा रहेको छ । पिएसजीसँग १९ वर्षका स्टार एम्बाप्पे रहेकाे छ ।  ठूलो अफरलाई उनले स्वीकार गर्न सक्ने अन्तराष्ट्रिय मिडीयाहरुले जनाएका छन् । खेलाफीले एम्बाप्पेलाई किनेको १ सय ८० मिलियन युरो समेत तिरेका छैनन् ।

नेइमार अहिले उच्च फर्ममा रसियामा विश्वकप खेलिरहेका छन् । तर उनको शारिरिक भाषालाई आधार मानेर चर्को आलोचकहरुले चर्को आलोचना गरेका छन् । उनी कोस्टारिकालाई हराएपछि मैदानमै रोएका थिए । मेक्सिकोसँगको खेलमा पनि उनी ठुलै घाइते भएझै आत्तिएर मैदानमा पछारिन्थे । मेक्सिकोको खेलाडीले खुट्टामा टेकेपछि उनी छटपटाउँदै मेडीकल टोली बोलाएको थिए । तेती मात्र नभएर रेफ्रीले भिडियो रेफ्रीको समेत सहायता लिएका थिए । तर त्यहा कुनै फल थिएन ।

तर फुटबल पण्डितहरु भने नेइमारले गरेको चटकी नै मेक्सिकोलाई हराउने आधार भएको बताउँछन् । मेक्सिको विरुद्ध १-० को अग्रता लिएपछि उनले गरेको समय बर्बादले ब्राजिलियन टोलीलाई फाइदा पुगेको थियो ।

अब सेमिफाइनलको लागि ब्राजिलले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.