गैरसरकारी संस्थालाई सिद्धार्थ फाउन्डेसनको आर्थिक सहयोग

  २०७५ असार १७ गते १७:१२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकद्धारा प्रवद्र्धित सिद्धार्थ फाउन्डेसनले रुरल हेल्थ एण्ड ऐजुकेशन सर्भिस(रेहेष्ट) नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । फाउन्डेसनले पिछडिएका बालिकाहरुको शिक्षाका लागि ८४ हजार ८८५ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो ।

उक्त सहयोग रकम एक समारोहकाबीच बैंकका साहयक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले रेहेष्टका निर्देशक कमला अधिकारीलाई हस्तान्तरण गरेका थिए । सो रकम विभिन्न जिल्लाका पिछडिएका १६ जना छात्रछात्राहरुको अध्ययनका लागि बैंकले रेहेष्टमार्फत् प्रदान गरेको हो ।

उक्त कार्यक्रममा बैंकका साहयक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले आगामी दिनहरुमा पनि यस फाउन्डेसनले यस्तै प्रकारका विभिन्न सामाजिक कार्यहरुमा सहभागिता जनाउँदै जाने जानकारी दिएका छन् ।

बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ८०० भन्दा बढी पीओएस् मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.