मेसी हारिरहे, तर यो पटक मेसीका लागि रुने आसु मसँग थिएन !

  २०७५ असार १७ गते १७:१५     विकासन्युज

खेमराज श्रेष्ठ

काठमाडौं । २०१४ को विश्वकपमा १-० को अन्तरले जर्मनीसँग अर्जेन्टिना पछि परिरहेको थियो । जब मेसीले फ्रि-किक प्रहार गर्न लागेका थिए । मलाई १ प्रतिशत पनि विश्वास थिएन कि त्यो गोल हुन्छ भनेर । जब रेफ्रिले खेल सकिएको अन्तिम सिठ्ठी फुके मैले मेसीलाई नियाली रहेँ । उनले जब आसु खसाल्न थाले मैले पनि रोक्न सकिन ।

कोपा अमेरीका एक सयौं वर्ष पुगेको अवसरमा भएको फाइनल खेल पेनाल्टीबाट हुने निधो भयो । सबैभन्दा पहिले पेनाल्टी प्रहार गर्न चीलीका अटुरो भिडाल आए । उनले पेनाल्टी आउट हानेपछि अर्जेन्टिनाका मेसी गए । उनी पनि असफल भए । फेरी ट्रफि चीलीले उचाल्यो ।

यसपटक पनि मेसी नराम्ररी रोए । मेसीको रातो आखाँ देखेर मैले पनि आसु थाम्न सकिनँ । केहि समयपछि सन्यास घोषणा गर्दै यो मेरा लागि होइन भने । उनको सन्यास फिर्ता गर्न अर्जेन्टिनाको राष्ट्रपति समेत लागे अन्तत उनले संन्यास फिर्ता लिदै कठिन रुपमा विश्वकपमा स्थान बनाए । जब रसिया विश्वकपको चहल-पहल शुरु भयो मेरो एउटै सोचाई थियो यो वर्ष मेसीले ट्रफि उचाल्नेछन् । सबै आलोचकको मुख बन्द गर्नेछन् ।


अन्तिम समयमा नाइजेरियालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो । यो पछि कुनैपनि हालतमा मेसीले विश्वकप जित्छ भन्ने मेरो विश्वास थियो । जब अन्तिम १६ को खेल नजिकिदैं आयो । मैले सपनामै अर्जेन्टिना फ्रान्ससँग २ ० हारेको देखेको थिए । मनमनै यो डर थियो कि बिहानी पख देखेको सपना । तर एक मन सपना न हो भन्ने थियो । दिनभर छटपटि भैरहेको थियो । साथीहरु आत्तिदै साेध्दै थिए आजको खेल के हाला मैले सान्तोना दिदैं भन्थेँ राम्रो सेट र सम्हालिएर खेले जित्छ । खेल समय नजिकिदैं थियो जब गोल डट कममा अर्जेन्टिनाको खेलाडीको सूचि हेरेँ । अग्युइरो, हिग्योइन र डिबाला बेन्चमा रहेछन् । यसले अर्जेन्टिनालाई ठूलो संकट निम्त्याउने मेरो आकलन थियो ।

उसो त मुख्य प्रशिक्षक जोर्जे साम्पोलीले खेलाएको खेलमा टिमले एउटै खेल राम्रो खेल्न सकेको थिइन । खेलको दोस्रो हाफमा जब साम्पोलीले रोजोलाई परिवर्तन गरे अब अर्जेन्टिनाले पुर्ण रुपमा हार बेहोर्याे भन्ने मेरो अनुमान थियो । खेलको अन्त्यतिर कठोर हुदैं रेफ्रिले ४ मिनेटको मात्र समय थपे तर १ गोलले खेल फर्किने अवस्थामा थिएन । फेरी एक पटक रेफ्रिले मेसी असफल भयो भन्दै सिठ्ठी बजायो । म केबल टोलाइरहेँ तर यो पटक मसँग मेसीका लागि रुने आसु थिएन किनकी उनीहरु आफ्नो कारणले कपबाट बाहिरिदैं थिए ।

प्रशिक्षक साम्पोली आफ्नो टोलीलाई उत्तर कोरियाले रकेट परिक्षण गरे जस्तो कहिले कुन त कहिले कुन खेलाडी छनोट गरिरहेक थिए । यो पटक अर्जेन्टिनाको ब्युरोकेसी यति कमजोर भएर रसिया पुग्यो कि क्षमतावान खेलाडी भएर पनि कुनै पनि खेलमा आफ्नो योजना सफल बनाउन सकेन ।

मेसीका लागि अब पुर्ण रुपमा अन्तर्राष्टिय ट्रफि जित्ने बाटो बन्द भएका छन् । भलै उनले सन्यास लिने हिम्मत गरेका छैनन । कप जित्नका लागि सबै कुराको साथ चाहिन्छ । अर्जेन्टिनाका लागि नियमित गोल किपर रोमेरो घाइते हुनु पहिलो दुर्भाग्य रह्यो । त्यस्तै मिडफिल्डर लान्जिनी पनि घाइतेका सिकार भए ।

मेसीले प्रतियोगिता अघि कप्तानीबाट राजिनामा दिनुपर्ने मेरो व्यक्तिगत विचार थियो तर उनले त्यसो गरेनन् । पुराना असफलताले निरास बन्ने डरले उनी पटक पटक त्यसलाई विर्सने प्रयास गरिरहेका थिए । जे गरे पनि ४ पटक विश्कप खेलेका मेसीको भागमा विश्वकप परेन । उनलाई हुने हार दैव नटार भने जस्तै भयो । न कराएर हुने न रोएर । खेलले हार्न राम्ररी सिकाउँदो रहेछ ।

विश्वकप खेलप्रमिहरुको यस्तो चाड हो जहाँ एक वर्षको जित हार वषौसम्म चर्चाको विषय बनिरहन्छ । मिठा होस् या नमिठा अनुभव ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.