काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काभ्रेको एक विद्यालयलाई ५थान नयाँ कम्प्यूटर सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त जिल्लाको मंगलटार स्थित मंगल जन विजय माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।

बैंकले काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्धेश्यले एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको हो । कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, सांसद एंव पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठ, राष्ट्रिय शिक्षा आयोगका सदस्य एव्म वरिष्ठ पत्रकार तथा विश्लेषक श्याम श्रेष्ठ, ग्लोबल आइएमई बैंककि सहायक महाप्रबन्धक आरती राणा लगायतको उपस्थिती रहेको थियो ।
सोहि समारोहमा बोल्दै ग्लोबल आइएमई बैंककि सहायक महाप्रबन्धक राणाले भुकम्पबाट क्षति पुगेको मंगल जन विजय माध्यमिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक बिकासमा टेवा पुर्याउनको लागि बैंकले ५ थान कम्प्युटर सहयोग गरेको जानकारी गराएका छन् ।
भुकम्प पश्चात आफ्ना बिद्याथीहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्न असमर्थ रहेकोमा ग्लोबल आइएमई बैंकको सहयोग पश्चात उक्त शिक्षा निरन्तरता दिन विद्यालय सफल भएकोमा विद्यालयका प्रधानध्यापक बासु थापाले बैंकप्रति आभार व्यक्त गरेका छन् ।
हाल बैंकले १२९ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३२ एटिएम, ९२ वटा शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।