फ्रान्स विरुद्धको खेलमा मेसी कप्तान कि प्रशिक्षक ?

  २०७५ असार १६ गते १४:२८     विकासन्युज

काठमाडौं । केहि घण्टापछि शुरु हुने प्रिक्वटर फाइनल अन्तर्गत फ्रान्स र अर्जेन्टिना बिचको खेलमा अर्जेन्टिनाले कस्तो खेलाडी छनोट गर्ला भन्ने चासो बढेको छ ।

मुख्य प्रशिक्षक जोर्जे साम्पोलीसँग खेलाडीहरुको सम्बन्ध बिग्रीएको समाचार बाहिरिएपछ कप्तान लियोनल मेसी र मिडफिल्डर मस्कुरानोले खेलाडी छनोट गर्ने अनुमान गरिएको छ ।

बिबिसीसँग अन्तवार्ता दिदैं पुर्व अर्जेन्टिनाका खेलाडी जाभलेटाले मेसी खलाडी छनोट गर्न सक्षम रहेको बताएका छन् । उनले अन्तर्वातामा भनेका छन् -‘मेसीसँग मैले धेरै संगत गरेको छु । उनले राम्रो पकाउन सक्छन्, गाउन सक्छन् त्यस्तै विश्वकपमा खेलाडी छनोट पनि गर्न सक्छन् । मेसी राम्रो नाच्न पनि सक्छन्’ उनले थपेका छन् ।

स्पेनिस अनलाइन मार्काले जनाए अनुसार नाइजेरिया विरुद्धको खेलमा साम्पोलीले मेसीलाई के गर्ने के नगर्ने भनी सोधेको पुष्टी गरेपछि आजको खेलमा पनि मेसी हाबी हुने अनुमान गरिएको छ ।

तर फ्रान्सका युवा स्ट्राइकर विरुद्ध योजना बनाउन मेसीलाई सजिलो भने हुने छैन । मिडफिल्ड पाउल पोग्बा, एन्टोनी ग्रीजम्यान अग्रपंक्तिका केलियन ऐम्बाप्पे र ओसामाने डेम्बेलेलाई रोक्न अर्जेन्टिनालाई सजिलो छैन ।

आजको खेलमा सबै भन्दा दबाबकमा मेसी रहनेछन् । उनले आजको खेलमा कति दबाब झेल्न सक्छन् भन्ने कुरा भने खेलसम्म पर्खनै पर्छ ।
अर्जेन्टिनाका र्पुव स्ट्रार खेलाडी डिएगो म्याराडोनाले पनि मेसीले पुराना असफलतालाई बिर्सिएर बिना कुनै दबाब खेल्नु पर्नेमा जोड दिइरहेका छन् ।

प्रशिक्षक साम्पोलीले मेसीको क्षमता अनुसार खेलाउन नसकेको चर्को आलोचाना झेल्दै आइरहेका छन् । उनको ३ जना डिफेन्डर खेलाउने रणनितिको पनि कडा आलोचना भैरहेको छ ।

यस्तै गरी युवा स्ट्राइकर पाब्लो डियाबलालाई स्थान बनाउन साम्पोली र मेसीलाई हम्मेहम्मे परिरहेको छ । अर्जेन्टिनाको सबै भन्दा ठूलो समस्या भनेको टिम सेट नहुँनु हो । फरक क्लबहरुबाट बोलाएर राष्ट्रिय टोलीमा खेलाउँदा टिम सेट गर्नु जो सुकै प्रशिक्षकलाई चुनौतिपुर्ण रहेको हुन्छ । अर्जेन्टिनाको तुलनामा फ्रान्सको टिम केहि सन्तुलन देखिएको छ ।

आजको खेलमा मेसी जोगिएर खेल्नुपर्ने बाध्यता रहेको छ । नाइजेरिया विरुद्धको खेलमा पहेलो कार्ड खाएका मेसीले आजको खेलमा पनि पहेलो कार्ड खाएमा उनी अर्को खेलमा स्वत प्रतिबन्धित हुनेछन् । यो समस्या मस्कुरानोलाई पनि रहेको छ ।

खेल नेपाली समय अनुसार ७ बजेर ४५ मिनेटमा शुरु हनेछ । त्यस्तै अर्को खेल राती ११ बजेर ४५ मिनेट जादाँ पोर्चुगल र उरुग्वे विरुद्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.