राउन्ड १६ बाट सबैभन्दा पहिले बाहिरिने फ्रान्स कि अर्जेन्टिना ?

  २०७५ असार १५ गते १२:०३     विकासन्युज

काठमाडौं । विश्वकपको समुह चरणको खेल सकिँदा आश्चर्यजनक जर्मनी बाहेक सबै फुटबल महाशक्ति अन्तिम १६मा स्थान बनाउन सफल भैसकेका छन् । शनिबारदेखि हुने प्रिक्वाटर फाइनल खेलको लागि अब जोड घटाउ शुरु भैसकेको छ ।

नेपाली समय अनुसार भोली बेलुकी ७:४५ बजे शुरु हुने फ्रान्स र अर्जेन्टिना मध्ये एक देश सबैभन्दा पहिले विश्वकपको अन्तिम १६ बाट बाहिरिने देश बन्दैछ ।

ओसामाने डेम्बेले, केलियन एम्बाप्पे, एन्टोनी ग्रीजम्यान जस्ता युवा खेलाडीले भरिएको फ्रान्सलाई रोक्न अर्जेन्टाइन डिफेन्डरलाई फलामको चिउरा चपाउन सरह हुनेछ । फ्रान्सको रक्षा पक्ति पनि त्यस्तै बलियो रहेको छ । बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका सामुएल उमटीटी अर्जेन्टाइन स्ट्राइकरका लागि खतरा हुन सक्छन् ।

यता खराब लयबाट गुज्रीरहको अर्जेन्टिना कठिन चुनौति पार गर्दै अन्तिम १६मा आइपुगेको छ । तुलनात्मक रुपमा निकै फितलो मिडफिल्ड रहेको अर्जेन्टिना फ्रान्ससँगको खेलमा उच्च सर्तकताका साथ मैदानमा उत्रिनेछ । क्रोयोसियासँग लज्जास्पद हार बेहोरेपछि चर्को विवादमा आएका मुख्य प्रशिक्षक जोर्जे साम्पोलीको खेलाडीहरुसँग सम्बन्ध बिग्रीएको समाचार आइरहेको बेला अर्जेन्टिना थप संकटमा पर्न सक्ने देखिन्छ ।

कमजोर किपर र कमजोर मिडफिल्डबाट गुज्रिरहेको अर्जेटिनामाथि फ्रान्सले लियोनल मेसीलाई रोक्ने एउटै सुत्र सफल भयो भने पनि अर्जेन्टिना संकटमा पर्न सक्छ ।

यसैगरी विगतको विश्वकपमा जस्तै यो वर्ष पनि गोन्जालो हिग्योइन खराब लयमा रहेका छन् उनले नाइजेरिया विरुद्धको खेलमा खाली पोष्टमा समेत गोल नहानेर यसको प्रमाण दिइसकेका छन् ।

नकआउट चरणबाट बाहिरीन एउटै गल्ती प्रयाप्त हुन सक्छ । खेलाडीहरुले गल्ती नगर्नु र क्षमता अनुसार कला प्रर्दशन गर्नु खेल जित्ने प्रमुख आधार हो । अर्जेन्टिनाका लागि ९० मिनेट र थपिएको केहि समयभित्रै खेल जित्न सकेमा उसका लागि फाइदा हुन सक्छ । यदि खेल पेनाल्टीमा गयो भने त्यो फ्रान्सको लागि फाइदा हुनेछ किनभने उनीहरुसँग तुलनात्मक रुपमा बलियो किपर रहेको छ । त्यस्तै स्ट्राइकर पनि ।

यो वर्ष फ्रान्सले युवा खेलाडीहरुलाई मौका दिइरहेका छन् । यदि उनीहरुले पहिले गोद खाएमा सो दबाबलाई कसरी झेल्न सक्छन् भन्ने प्रश्न आउन सक्छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेल शनिबार राती ११:४५ बजे पोर्चुगल र उरुग्वे विरुद्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.