२०७५ असार १४ गते १२:०८ विकासन्युज
काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक जोर्जे साम्पाउलीले कुन खेलाडी राख्ने भनेर मेसीलाई सोधेको खुलासा भएको छ ।
नाइजेरिया विरुद्धको दाेस्रो हाफमा टचलाई नजिक आएर मेसीलाई साम्पाउलीले कुन अग्युइरोलाई राख्ने कि नराख्ने विषयमा मेसीलाई सोधेको एक भिडियो फुटेजबाट सार्वजनिक भएको हो ।
स्पेनिस अनलाइन मार्काका अनुसार खेल १/१ को बराबरी रहेको अवस्थामा साम्पोलीले मेसीलाई के म अग्युइरोलाई राख्न सक्छु भनी सोधेको पुष्टी गरेको छ ।
पछिल्लो समय कप्तान लियोनल मेसी र मस्कुरानोले अर्जेन्टिनाको खेलाडी छनोटमा प्रभाव पारिरहेको बताइएको छ । समुह चरणको दोस्रो खेलमा क्रोयोसियासँगको लज्जास्पद ३-० को हार बेहोरेपछि प्रशिक्षक साम्पोलीको चर्को विरोध भएको थियो ।
अब फ्रान्ससँगको खेलमा पनि मेसीले नै खेलाडी छनोटमा प्रभाव पार्न सक्ने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।
Copyright © 2025 Bikash Media Pvt. Ltd.