मेसी, रोनाल्डो, सुवारेज र ग्रीजम्यान मध्ये एक जना मात्रै सेमिफाइनलमा, को पुग्लान ?

  २०७५ असार १३ गते ११:५४     विकासन्युज

काठमाडौं । रसिया विश्वकप २०१८ का समुह चरणको खेल सकिनै लाग्दा अब प्रि क्वाटरफाइनलको हिसाब शुरु भएको छ । नयाँ फुटबल राष्ट्रहरुको कडा चुनौति पार गर्दै अन्तत पुरानै शक्ति राष्ट्रहरु अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

प्रिक्वाटर फाइनलको खेल तालिका अनुसार विश्व चर्चित फुटबल स्ट्राइकरहरु लियोनल मेसी र एन्टोनी ग्रीजम्यान, क्रिष्टियानो रोनाल्डो र लुइज सुवारेज एक अर्का विरुद्ध भिड्ने भएका छन् ।

ग्रुप ए को बिजेता बन्दै उरुग्वेले ग्रुप बी को उपविजेता पोर्चुगलसँग भेट पक्का गरेको हो भने ग्रुप सीको बिजेता बन्दै फ्रान्सले अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।

तालिका अनुसार फ्रान्स र अर्जेन्टिना मध्ये १ र उरुग्वे र पोर्चुगल मध्ये १ राष्ट्र अन्तिम ८ मा पुग्नेछ । सेमिफाइनलका लागि ति दुई विजेता राष्ट्रबिच नै प्रतिस्पर्धा हुनेछ ।

विश्वकप अन्तर्गत बुधबार जर्मनी र ब्राजिलले अन्तिम १६ का लागि सघर्ष गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.