२०७५ असार ८ गते १४:३६ विकासन्युज
काठमाडौं । क्रोयोसियाका भरपर्दा डिफेन्डर सिमे भर्सलवकोले अर्जेन्टिना उविरुद्धको खेलमा आफुले नौलो अनुभव लिएको बताएका छन् । खेलको बारेमा इंगल्याण्डको खेलकुद अनलाईन गोलसँग कुरा गर्दै अर्जेन्टिनाका खेलाडीहरु रोइरहेको अनुभव गरेको बताएका हुन् ।
उनले भने क्रोयोसियाका मिडीयाले मलाई कसरी हेरे त्यो मलाई थाहा छैन, तर मैले विपक्षी खेलाडीहरु केटी जस्तै रोइरहेको देखेँ । हामी उत्कृष्ट अवसर बनाउने प्रयास गरिरहेका थियौं । तर उनीहरु पटक पटक केटी जस्तै रोइरहे ।
प्रशिक्षक साम्पाउलीले हामी माथि हाबी हुने रणनिति बनाएका थिए तर हामीले त्यसलाई सजिलै असफल बनाउन सफल भयौं । उनीहरु मैदानमा लड्दै केटी जस्तै राइरहेका थिए । यो दृश्य मैले पटक पटक हेरेँ । मलाई विश्वास उनीहरुले अर्को खेल राम्रो खेल्नेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.