आज रामोस भर्सेस रोनाल्डो र सलाह भर्सेस सुवारेज

  २०७५ असार १ गते १४:३५     विकासन्युज

काठमाडौं । विश्वकपको दोस्रो दिन एकै क्लबबाट खेल्ने स्पेनका कप्तान सर्जियो रामोस र पोर्चुगलका कप्तान क्रष्टियानो रोनाल्डो एक अर्का विरुद्ध मैदानमा उत्रिदैछन् ।


नेपाली समय अनुसार ११ ४५ मा शुरु हुने खेलमा उत्कृष्ट स्ट्राइकर रोनाल्डो र उत्कृष्ट डिफेन्डर रामोस प्रतिस्पर्धा हुने भएको हो ।

खेलको २ दिन अघि स्पेनको प्रशिक्षक जुलियन लोपेटेगुइलाई बर्खास्त गरेपछि रामोसले विश्वकप अघि आफुलाई मलामी जानु परेको जस्तो अनुभव भएको बताएका छन् । प्रशिक्षक बर्खास्तबारे मार्कासँग प्रतिक्रिया दिदैं रामोसले यसबाट आफु दुखि भएको भन्दै विश्वकपको अन्त्य खुशिसाथ गर्न चाहेको बताए ।

यस्तै बेलुका नेपाली समय अनुसार ५ ४५ बजेबाट शुरु हुने उरुग्वे र इजिप्टको खेलमा लुइज सुवारेज मोहमद सलाह एक अर्का विरुद्ध मैदानमा उत्रिदैछन् । तर इजिप्टका सञ्चार माध्यमले भने सलाह उरुग्वे विरुद्धको खेलमा खेल्न नसक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.