४८ मेगावाट बिजुली र ५१ हेक्टरमा सिंचाई पुर्याउने भेरी बबई डाइभर्सनको काम ६ महिनामा सकिने

  २०७५ जेठ ३१ गते १७:०१     विकासन्युज

दाङ । प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखाेलामा निर्माण शुरु भएको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम ४० प्रतिशत सम्पन्न भएको छ ।चाइना ओभरसियस इन्जिनियरिङ ग्रुरुपले निर्माण गरिरहेको आयोजनाको साढे ५ किलोमिटर लामो सुरुङको काम सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकारी गणेश श्रेष्ठले जानकारी दिए।

नेपालमा पहिलो पटक टीबीएम मेशिनले सुरुङ मार्ग निर्माण गरिँदै आएको छ । नेपालमै पहिलो र नयाँ प्रविधिबाट निर्माण शुरु भएको सुरुङ मार्गमा प्रत्येक दिन ३० मिटर सुरुङ खन्ने काम भइरहेको श्रेष्ठले बताए। टनेलिङ प्रविधिबाट सुरुङ निर्माण

भइरहेको छ ।

अमेरिकाबाट ल्याइएको सो मेशिनको प्रयोगले सुरुङ निर्माण गरिँदैछ । १२ किलोमिटर लामो सो सुरुङ सुर्खेतको भेरी गंगा नगरपालिकाको चिम्लेस्थित भेरी नदीसम्म निर्माण हुनेछ ।

“यही गतिमा काम भए अबको ६ महिनामै सुरुङ मार्ग निर्माण सम्पन्न हुन्छ,” जनसम्पर्क अधिकारी श्रेष्ठले भने । ४८ मेगावाट विद्युत् उत्पादन तथा बाँके– बर्दियाको ५१ हजार जमीनमा सिँचाइ गर्ने उद्देश्यले २०७१ माघदेखि सो आयोजना शुरु भएको थियो ।

१० अर्ब ५६ करोड रुपैयाँ भन्दा बढीको लगानीमा शुरु भएको उक्त आयोजना २०७५ फागुनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल सुरुङ मार्ग निर्माणमा ८० चीनियाँ प्राविधिक र ५५० स्थानीयवासी संलग्न छन् ।

एउटा कामदारले मासिक २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन् । नेपालमै नौलो प्रविधिबाट सुरुङ निर्माण भइरहेकाले दैनिक अवलोन गर्न आउनेको संख्या बढ्दै गएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.