निगम भन्छ: भारतमा भन्दा नेपालमा पेट्रोलियम २५ रुपैयाँ सस्तो, विद्यार्थीलाई ग्यासमा सहुलियत

  २०७५ जेठ ३० गते ७:२०     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य भारतको भन्दा नेपालमा सस्तो रहेको नेपाल आयल निगम लिमिटेडले जनाएको छ । भारतको तुलनामा नेपालमा पेट्रोलमा प्रतिलिटर २२ र डिजेलमा २५ रुपैयाँ सस्तो रहेको निगमले जानकारी दिएको छ ।

नेपालमा सस्तो भएपछि भारततर्फ पेट्रोलियम चोरी पैठारी हुने गरेको छ । त्यसैले गर्दा भारतको हारहारीमा मूल्य राख्नु पर्ने निगमलाई चुनौति रहेको छ । पछिल्लो समयमा निगमले मुल्य बढाएर पेट्रोलको प्रतिलिटर ११३ रुपैयाँ, डिजेलको ९५ रुपैयाँ र एलपीजी ग्याँसको मूल्य १ हजार ३७५ रुपैयाँ छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ निरन्तर बढेका कारण मूल्य समायोजन गर्दा पनि मासिक ३७ करोड रुपैयाँ नोक्सान रहेको निगमका प्रव त्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार इण्डियन आयल कर्पोरेशन लिमिटेडले गत जेठ १८ गते पठाएको नयाँ मूल्य सुचिअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैया ५९ पैसा, डिजेलमा ३ रुपैयाँ ४९ र एलपीजी ग्याँसमा प्रतिसिलिण्डर १३९ रुपैयाँ नोक्सान रहेको निगमको भनाई छ ।

बजारमा पेट्रोलियमको भाउ प्रतिलिटर ठाउँअनुसार न्युनतम १११ रुपैयाँ ५० पैसादेखि ११३, डिजेल ९३ रुपैयाँ ५० पैसादेखि ९५ रुपैयाँसम्म छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियको भाउ बढेर प्रतिव्यारेल ८० डलर पुगेपछि यसको प्रभाव नेपाली बजारमा परेको निगमको भनाई छ । यसअघि प्रतिव्यारेल ४५ डलर थियो । पछिल्लो समय पेट्रोलियमको भाउ निरन्तर उकालो लाग्दै आएको छ । यसले गर्दा मूल्यवृद्धिको चाप बढाएको छ ।

विद्यार्थीको सहुलियतका लागि निगमले खडा गरेको मूल्यस्थिर कोषबाट खाना पकाउने एलपीजी ग्यासमा सहुलियत दिने भएको छ । यसका लागि निगमले अध्ययन गरेर दिने विद्यार्थी संगठनसंग सहमति गरेको छ । निगम र आन्दोलनरत १२ विद्यार्थी संगठनबीच मंगलबार छलफल भएको थियो । निगमले यसअघि दिने भनेको सहुलियत स्थिरकोषबाट उपलब्ध गराउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.