फुटबल टेनिस होइन, मेसीलाई रोक्नी कुनै सुत्र छैन: इभान राकेटिक

  २०७५ जेठ २९ गते १०:४२     विकासन्युज

काठमाडौं । क्रोयोसियका मिडफिल्डर इभान राकेटिकले २०१८ को विश्वकपमा अर्जेन्टिनाका मेसीलाई रोक्ने कुनैपनि सुत्र नहुने बताएका छन् । स्पेनीस अनलाईन मार्कालाई अन्तर्वाता दिदैं राकेटिकले मेसी जादुमई खेलाडी भएको बताएका हुन् ।

राकेटिकले मेसीबारे बोल्दै भने-“मेसीलाई रोक्ने सुत्र कसैले पाउन सक्दैन । यो मेरा लागि अरुका लागि जो कसैका लागि वास्तवमै कठिन छ । हामी उनीसँगै हाम्रो क्षमताको आधारमा तुलना गर्छौ । एक उत्कृष्ट खेलाडीसँग खेल्न पाउनु हाम्रो लागि ठूलो भाग्य हो । तर हामी कति खतरनाक छौं त्यो उनले बुझिसकेका छन् ।

साच्चिनै उनले विश्वकप जित्नेछन र देखाउनेछन् को हुन् मेसी, तर फुटबल टेनिस हाेइन, मेसी एक्लैको लबबाबले कप जित्न सक्दैनन् । कपको लागि ३२ देशको ३२ सपना छ । यदि अन्तिममा उनले कप जित्छन् भने त्यसमा हामी मेसीका लागि खुशि हुनेछौं । यदि उनी उत्कृष्ट छन् यदि कोहि उत्कृष्ट छ उसले एउटा कप जितोस वा ५० हजार ! एउटा विश्व कपले को हुन् मेसी भनेर चिनाउँदैन ।
मेसी र राकेटिक बार्सिलोना फुटबल क्लबबाट सँगै फुटबल खेल्दै आएका छन् ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.