अन्ततः मंगलबारको सेयर कारोबार बन्द, सरकारले घुँडा टेक्ला त ?

<p>काठमाडौं । मंगलबारको सेयर बजार खुलेपनि कारोबार भने बन्द भएको छ । सेयर लगानीकर्ता संघलगायत अन्य लगानीकर्ताका संस्थाले सेयर कारोबार नगर्न दवाव दिए पछि सो दिनको कारोबार बन्द भएको हो । सरकारले बोनस र हकप्रद सेयरमा लाभकर लगाउने भएपछि लगानीकर्ताहरुले लाभकर नहटाएसम्म कारोबार नगर्न ब्रोकरलाई दवाव दिएका हुन् । साथै, सरकारको उक्त निर्णय फिर्ता नभएसम्म [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार खुलेपनि कारोबार भने बन्द भएको छ । सेयर लगानीकर्ता संघलगायत अन्य लगानीकर्ताका संस्थाले सेयर कारोबार नगर्न दवाव दिए पछि सो दिनको कारोबार बन्द भएको हो ।

सरकारले बोनस र हकप्रद सेयरमा लाभकर लगाउने भएपछि लगानीकर्ताहरुले लाभकर नहटाएसम्म कारोबार नगर्न ब्रोकरलाई दवाव दिएका हुन् । साथै, सरकारको उक्त निर्णय फिर्ता नभएसम्म सेयर कारोबार नगर्न आम लगानीकर्ता तथा ब्रोकरलाई अनुरोध गरेका छन् ।

कारोबार बन्द भएको बजारमा नेप्से परिसूचक पनि राताम्मे भएको छ । करिब एक बज्दा नेप्से ५.११ अंकले घटेर १२६८ अंकमा झरेको छ ।

आइतबारदेखि लाभकर लागु भएको विरुद्धमा लगानीकर्ताहरुले सोमबार पनि सेयर कारोबार बन्द गर्न अनुरोध गरेका थिए ।

Share News