२०७५ जेठ २० गते १७:४५ विकासन्युज
काठमाडौं । एलजीले मिनभवनमा रहेको एलजी सप्पि मेगा स्टोरमा मास्टर्स अफ फुटबल कार्यक्रमको आयोजना गरेको छ ।
यस कार्यक्रममा एलजीले नेपालका चर्चित खेलाडी र अहिले नेपाल नेशनल टिमका कोच राजु काजी शाक्यका साथै आफ्ना ग्राहकहरुलाई पनि आमन्त्रित गरेको थियो ।
यहि अवसरमा त्यहाँ आमन्त्रित ग्राहकहरुले आफ्ना प्रिय खेलाडीसँग अर्न्तक्रिया पनि गरेको थिए र सँगै बसेर वर्ल्ड कपको क्लासिक म्याचेज पनि हेरेका थिए ।
वर्ल्ड कपसँग नेपालका लोकप्रिय खेलाडिलाई सम्झिएर उनीहरुलाई सम्मान गर्ने योजना रहेको छ । शो जस्तै कार्यक्रम एलजीले नेपाल अधिराज्य भरि गर्ने योजना रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.