एनएमबि बैंकलाई एफपीओ निष्कासन गर्न बोर्डको अनुमति, प्रतिकित्ता ३३३ रुपैयाँ

<p>काठमाडौं । एनएमबि बैंक लिमिटेडलाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले शुक्रबार एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ३३३ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंक लिमिटेडलाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले शुक्रबार एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ३३३ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ४०५ रुपैयाँमा कारोबार भएको छ ।

Share News