बजारमा परिसूचक र कारोबार दुबैमा गिरावट, ट्रेडिङ् बाहेक सबै समूह राताम्मे

<p>काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । सो दिनको परिसूचक १४.६१ अंकले घटेर १३०७ अंकमा झरेको छ । त्यस्तै, १६५ कम्पनीको कुल ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनमा १० करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ ।

सो दिनको परिसूचक १४.६१ अंकले घटेर १३०७ अंकमा झरेको छ । त्यस्तै, १६५ कम्पनीको कुल ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनमा १० करोड रुपैयाँ घटि हो ।

दिनभर कारोबारमा आएका सूचक मध्ये ट्रेडिङ् बाहेक सबैसमूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ११५ अंकले घटेको छ । ट्रेडिङ समूह भने २.९६ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् समूहको सबैभन्दा बढी अर्थात १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बिहीबार सबैभन्दा बढी मेघा बैंकको सेयर मूल्य ९.६५ प्रतिशतले घटेकोे छ ।

Share News