काठमाडौं । नागरिक लगानी कोष र पूर्णिमा विकास बैंकको गरि कुल २४ लाख ७४ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोमबार मात्रै यी दुई कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।
सूचिकृत मध्ये नागरिक लगानी कोषको १६ लाख २८ हजार कित्ता रहेको छ भने पूर्णिमा विकास बैंकको ८ लाख ४५ हजार ५०० कित्ता बोनस सेयर रहेको छ ।