सिटी एक्स्प्रेस फाइनान्सले १६७ प्रतिशत हकप्रद निष्काशन गर्न माग्यो बोर्डको अनुमति

<p>काठमाडौं । सिटी एक्स्प्रेस फाइनान्स कम्पनीले १६७ प्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको २५ लाख कित्ता सेयर जारी गर्ने अनुमतिको लागि आइतबार(आज) बोर्डलाई आवेदन दिएको छ । बोर्डले अनुमति दिएपश्चात कम्पनीले २५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । हाल संस्थाको पुँजी [&hellip;]</p>

काठमाडौं । सिटी एक्स्प्रेस फाइनान्स कम्पनीले १६७ प्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको २५ लाख कित्ता सेयर जारी गर्ने अनुमतिको लागि आइतबार(आज) बोर्डलाई आवेदन दिएको छ ।

बोर्डले अनुमति दिएपश्चात कम्पनीले २५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । हाल संस्थाको पुँजी १५ करोड रुपैयाँ रहेको छ । १६७ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ४० करोड नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८९ रुपैयाँ रहेको छ ।

हकप्रद संस्थाको चुक्ता पुँजी वृद्धि गर्न सो मात्राको सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट मार्फत सो मात्राको सेयर जारी गर्ने निर्णय गरेको छ ।

Share News