२०७५ जेठ १३ गते १७:०० विकासन्युज
काठमाडौं । मण्डीखाटार टेनिस कोर्टमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता सम्पन्न भएको छ । गएको आइतबार(६ गते)देखि शुरु भएको उक्त प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुष गरी कूल ९३ खेलाडीहरूले भाग लिएका थिए ।
उक्त प्रतियोगिता आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सम्पन्न गरिएको छ ।
साताव्यापी प्रतियोगितामा १४ वर्ष मूनिका विभिन्न उमेर समुहबाट कुल ४० जना विजेता र उपविजेता छनोट भएका छन् । समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार स्वरूप विजेताहरूलाई थाइल्याण्डसम्मको हवाई टिकटको व्यवस्था गरिएको छ भने उपविजेताहरूले विभिन्न टेनिस कोर्टको प्रवेश शूल्क र चन्द्रागिरि केबलकार भ्रमणको सुविधा पाउनेछन् ।
कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले बालबालिकाहरू एकै प्रकारका क्षमता लिएर जन्मिने हुँदा उनीहरुको क्षमता अभिवृद्विमा अभिभावक चनाखो रहनुपर्ने बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.